+
+

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाइ न्यू इयर डिलाइट-२०२४’ योजना

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १४:३४

काठमाडौं । हुन्डाइ अटोमोबाइल्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अंग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै हुन्डाइ न्यू इयर डिलाइट-२०२४ योजना सार्वजनिक गरेको छ ।

ग्राहकमुखी उक्त योजना १६ पुसदेखि नेपाल भरका सबै शोरूमहरूमा सुरू भएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रूपैयाँसम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार रूपैयाँसम्मको गो-ग्रीन बोनसका साथै गाडीको  मोडल इएरको आधारमा ५ लाख रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

यस योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् ।

सबै हुन्डाइ आईसीई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिंग र ईभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुने कम्पनीले बताएको छ । यस स्किमबाट हुन्डाइको कुनैपनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरि फाइदा लिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?