+
+

सुन्दरहरैँचामा हात्तीको हुलले पुर्‍यायो क्षति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १९:३७

१७ पुस, विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकामा एक जंगली हात्ती मारिएको भोलिपल्ट हात्तीको समूहले गाउँमा क्षति पुर्‍याएको छ ।

आइतबार राति सुन्दरहरैंचामा तस्करको समूहले गोली हानेर एउटा जंगली हात्ती मारेको थियो । त्यसको भोलिपल्ट सोमबार राति हात्तीको समूहले विश्वविद्यालय, किसानको केरा खेती र घरमा क्षति पुर्याएको हो ।

विश्वविद्यालयको कलेजको क्यान्टिनसहित लेखा प्रमुखको क्वार्टर, ढोका र किचनमा हात्तीको समूहले क्षति पुर्याएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए । हात्तीले झ्याल र ढोकाको सिसा पनि फुटाएको छ ।

हात्तीको हुलले सुन्दरहरैँचा-७ मा लेखनाथ प्रसाईंको केराखेतीमा पनि क्षति पुर्याएको छ । २ बिघा जग्गामा लगाएको केरा खेती हात्तीले नष्ट गरेको प्रसाईंले बताए ।

स्थानीय कृष्णबहादुर तामाङको टिनको छानो र बाँसको टाटीबेरा भएको घर पनि हात्तीले भत्काइदिएको छ । घर र केरा खेतीमा एक लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

सुन्दरहरैँचा-१० मा सोमबार बिहान गोली हारेर मारेको अवस्थामा जंगली हात्ती फेला परेको थियो । मृत भेटिएको हात्तीबाट गोलीको खोका निकालिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा भरुवा बन्दुकले प्रहार गरेर हात्ती मारेको जस्तो देखिएको मोरङका डिएसपी दाहालले बताए । हात्ती मार्नेको खोजी भइरहेको उनले बताए । पोष्टमार्टमपछि हात्तीलाई जंगलमा नै गाडिएको थियो ।

आइतबार राति हात्ती मारेपछि अन्य हात्तीले बिज्याइँ गरेको स्थानीयले बताएका छन् । प्रहरीले पनि समूहमा रहेको हात्ती मारिएका कारण अन्य हात्तीहरु आक्रोशित भएको हुनसक्ने भएकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?