+
+

वैदेशिक रोजगारीमा पठाउँछु भन्दै १० करोड ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १५:५०

१७ पुस, काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनेर १० करोडभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ललितपुर, कोन्ज्योसोम गाउँपालिका- १ का ४७ वर्षका लालबहादुर लामालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले लिथुवानिया, क्यानडा, सिंगापुर जस्ता देशमा पठाउने भन्दै युवाहरुसँग ५ लेखि १५ लाखसम्म लिएका थिए ।

उनले रकम लिएपछि वैदेशिक रोजगारीमा पाएनन्, कतिपय सिंगापुर पुगेर विमानस्थलबाटै नेपाल फर्काइएका थिए । पीडितहरुले दिएको उजुरीका आधरमा उनलाई मंगलबार दिउँसो काठमाडौंको शंखरापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी बरामद भएको छ भने प्रारम्भिक अनुसन्धानका क्रममा उनले युवाहरुबाट १० करोडभन्दा बढी रकम उठाएको पाइएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, चाहचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?