+
+

रवि लामिछानेलाई खोया हान्ने युवक रिहा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते २१:१७

१७ पुस, काठमाडौं । पाेखरामा रवि लामिछानेलाई मकैकाे खाेया हान्ने लमजुङका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन् ।

मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारीले साधारण तारेखमा छाड्ने आदेश गरेपछि १० औं दिनमा उनी छुटेकाे कास्की प्रहरी प्रमुख एसपी माेहन थापाले जानकारी दिए ।

लामिछानेले पाेखरा अमरसिंह चाैरमा भाषण गरिरहँदा ७ मंसिरमा रानाभाटले मकैकाे खाेया प्रहार गरेपछि प्रहरीले पक्राउ गरेको थियो । ‘अनुसन्धानमा उनकाे नियत र कतैबाट परिचालित भन्ने खुलेन’ एसपी थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?