+
+

जिल्ला अदालतबाट हतकडीसहित फरार भएका थुनुवा समातिए

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते ९:४३

१९ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले दुवाकोटबाट पक्राउ गरेको छ ।

बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई आज बिहान दुवाकोटबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले बताए ।

डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाको सिलसिलामा प्रहरीले हिजो अदालत लगेको थियो । त्यही बेला प्रहरीको आँखा छलेर फरार भएका उनलाई आज बिहान दुवाकोटबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?