+
+

चन्द्रागिरि हिल्सको ‘लकइन पिरियड’ माघ ८ मा सकिने, १ करोड ३८ लाख कित्ता सेयर थपिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते ११:०३

१८ पुस, काठमाडौं । होटल तथा पर्यटन समूहको कम्पनी चन्द्रागिरि हिल्सको लकइन पिरियड माघ ८ गते सकिने भएको छ । कम्पनीको संस्थापकको १ करोड ३५ लाख कित्ता सेयर, ३ लाख ६ हजार ८१९ कित्ता स्थानीय बासीको र ६१ हजार ३६४ कित्ता कर्मचारीको सेयरमा लकइन अवधि सकिन लागेको हो ।

लकइन अवधि सकिएपछि कुल १ करोड ३८ लाख ६८ हजार १८३ कित्ता सेयर बजारमा थपिनेछ । लकइन अवधि सकिएपछि यी सेयर साधारणसरह उहीं मूल्यमा, उहीं कोड नामबाट कारोबार हुनेछ ।

होटल तथा पर्यटन समूहका कम्पनीमा पनि बाँडफाँट भएको ३ वर्षपछि संस्थापक, स्थानीयबासी तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिने व्यवस्था छ । नेपाल धितोपत्र बोर्डले लकइन अवधि सकिनुभन्दा पहिले नै यसबारे सार्वजनिक सूचनामार्फत जानकारी दिनुपर्ने व्यवस्था गरेपछि कम्पनीहरुले यसबारे जानकारी गराउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?