+
+

प्रश्नपत्र आउट गरेको आरोपमा एमयूका परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १३:००

१९ पुस, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)ले प्रश्नपत्र आउट गरेको भन्दै परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई निलम्बन गरिएको छ ।

ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षा हुनुभन्दा पहिला नै प्रश्नपत्र बाहिरिएको थियो ।

पुस ३ गतेबाट सञ्चालन हुने भनिएको परीक्षा प्रश्नपत्र नै बाहिरिएपछि रद्द गरेर छानबिन भइरहेको उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले जानकारी दिए ।

‘प्रश्नपत्र बाहिरीनुमा परीक्षा व्यवस्थापनकै साथीहरुको बदमासी देखिएको छ,’ उपकुलपति सिंहले अनलाइनखबरसँग भने,’ अहिले व्यवस्थापन प्रमुख सहित ६ जनालाई निलम्बन गरेर छानबिन गरिरहेका छौं । अनुसन्धान भैरहेको छ ।’

निलम्बनमा पर्ने परीक्षा व्यवस्थापन कार्यालयमा प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने पाँच जना कर्मचारीहरू रहेका छन् । उनीहरुको ठाउँमा नयाँलाई जिम्मेवारी दिएको र अब छिट्टै परीक्षा सञ्चालन हुने उपकुलपति सिंहले बताए ।

‘प्रश्नपत्र चुहाएर पास गराउने पुरानै खेल रहेछ । यो विश्वविद्यालयको इज्जतसँग जोडिएको विषय भएकाले यस्ता गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउछौं,’ उनले भने ।

परीक्षा सुरु हुनु अगावै पुस २ गते बेलुका आउट भएको प्रश्नपत्र आफ्नो मोवाइलमा आएको उपकुलपतिले सिंहले बताए । ‘प्रश्नपत्र लिग गरेर केही विद्यार्थीलाई पास गराइन्छ भन्ने पहिले नै सुनेको थिए । पछि मैले टिम परिचालन गरे । पुस २ गते साँझ ६ः४१ बजे नै प्रश्नपत्र मेरो मोबाइलमा आएको थियो,’ सिंहले भने, ‘भोलिपल्ट परीक्षा हुँदासम्म कुरें । मैले पाएको पश्नपत्र हुबहु रहेछ । अनि तत्काल परीक्षा रोक्न निर्देशन दिएको थिए ।’

उक्त विषयमा प्राध्यापक संगठनहरुले भने स्वयं उपकुलपति सिंहको समेत कमजोरी देखिएको आरोप लगाएका छन् ।

विभिन्न पाँचवटा प्राध्यापक सङ्गठनहरूले यो विषयमा उपकुलपतिको गम्भीर त्रुटि रहेको भन्दै निष्पक्ष छाबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासनलाई जिम्मेवारी दिनुपर्ने माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?