+
+

५ महिनामा १७२ नयाँ उद्योग दर्ता, लगानी झण्डै १ खर्ब

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १४:४६

१९ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिनाको अवधिमा नेपालमा १७२ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

उद्योग विभागका अनुसार साउन देखि मंसिर सम्म उक्त संख्यामा उद्योग दर्ता भएको देखिएको छ । यी उद्योगले प्रस्ताव गरेको लगानीको आकार झण्डै १ खर्ब रुपैयाँ हुन आउने विभागको तथ्यांकमा उल्लेख छ ।

विभागका अनुसार यो वर्ष विभागमा दर्ता भएका यी उद्योगमध्ये २१ वटा ठूला उद्योग रहेका छन् ।

मझौला उद्योगको संख्या १४ रहेको छ । साना उद्योगको संख्या भने १३७ वटा रहेको विभागले जनाएको छ । १७२ उद्योगले कुल ९४ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्ने गरी उद्योग दर्ता गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

विभागले यस वर्ष ८० ठूला, ८५ मझौला र २ सय साना उद्योग दर्ता हुने अनुमान गरेको थियो ।

यसमध्ये साना उद्योग दर्ता उत्साहजनक पाइएको छ । मंसिरसम्म दर्ता भएका उद्योगले १२ हजार ७६७ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् । मंसिर महिनामा मात्र ३ अर्ब ४३ करोड रुपैयाँ बराबर लगानी गर्ने गरी उद्योग दर्दा भएका छन् । यस महिनामा कुल ३१ उद्योग दर्ता भएकोमा ठूलो र मझौला आकारका उद्योग एक/एक छन् । अरु साना उद्योग छन् ।

विदेशी लगानी प्रतिबद्धता २० अर्ब ६० करोड

५ महिनामा विदेशी लगानी प्रतिवद्धता भने २० अर्ब ६० करोड रुपैयाँ बराबरको आएको छ । कुल १ सय ९९ वटा विदेशी लगानीका प्रस्ताव यस अवधिमा स्वीकृत भएको विभागले जनाएको छ ।

मंसिर महिनामा मात्र २ अर्ब २५ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ । यस महिनामा २१ वटा प्रस्ताव आएको विभागले जनाएको छ ।

विदेशी लगानी प्रतिवद्धताबाट कुल १० हजार १२० जनालाई रोजगारी सिर्जना गर्न सकिने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?