+
+

 प्रधानमन्त्री प्रचण्ड भन्छन् : क्रान्ति अझै जारी छ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १५:१५

१९ पुस, रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्ति अझै जारी रहेको र आफूहरु अझै क्रान्तिमै रहेको बताएका छन् ।

बिहीबार दिउँसो रामेछापको बेथानमा भएको कार्यक्रममा उनले जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताए ।

‘हामी अहिले पनि क्रान्तिमै छौं । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ,’ प्रचण्डले भने, ‘हामी समाजवादको लक्ष्यमा छौं । त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं। यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो ।’

कार्यक्रममा प्रधानमन्त्रीले जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह रहेको र त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको दाबी गरे ।

उनले वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको पनि बताए ।

कार्यक्रममा द्वन्द्व कालमा बेथानमा मारिएका तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारलाई सम्मानका साथै शहीद स्मारकको उद्घाटन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?