+
+

स्वस्तिमा खड्का अब फिल्म निर्मात्री, ‘बेहुली फ्रम मेघौली’ बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १६:१३

काठमाडौं । सफल अभिनय करिअरपछि अब अभिनेत्री स्वस्तिमा खड्का फिल्म निर्मात्रीको रुपमा अघि बढ्ने भएकी छन् । उनले निर्माण गर्न लागेको पहिलो फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन फागुन-चैतदेखि सुरु हुँदैछ ।

‘दिमाग खराब’ फेम्ड लेखक आकाश बरालले यो फिल्मको निर्देशन गर्दैछन् । रोचक के छ भने स्वस्तिमा र निश्चल बस्नेतले यो फिल्ममा जोडीको भूमिकामा अभिनय गर्दैछन् । शीर्ष भूमिकामा विजय बराल पनि अनुबन्धित भइसकेका छन् ।

सोसल ड्रामा जनरामा बन्न लागेको यो फिल्मलाई निश्चलको ब्यानर ब्ल्याक हर्स पिक्चर्सले निर्माण गर्नेछ ।

‘हामीले नै मिलेर यो फिल्मको इनिसिएट गरेका हौं । फागुन–चैतदेखि सुटिङमा जाने तयारीमा छौं,’ लोकेसन खोजीका लागि चितवनको मेघौली पुगेकी स्वस्तिमाले अनलाइनखबरसँग भनिन्, ‘यो फिल्मबाट म निर्मात्रीको रुपमा अघि बढ्दैछु ।’

निश्चल र स्वस्तिमाको पछिल्लो फिल्म ‘दिमाग खराब’ले घरेलु बक्स अफिसमा दर्शकको राम्रै साथ पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?