+
+

नारायणहिटीबाट गणतन्त्र स्मारक हटाउने माधव नेपालको प्रस्ताव 

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १७:०२

१९ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको गणतन्त्र स्मारक हटाउनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा नेपालले नारायणहिटीमा नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राख्नुपर्ने बताएका हुन् । त्यसले नारायणहिटी नेपालमा शासन गर्ने गोपालवंशी, महिषपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाहबारे अध्ययन गर्ने स्थल हुने उनले बताए । नेता नेपालले भने, ‘संसारमा नेपालको इतिहास अध्ययन गर्नेहरुका लागि पनि एकै ठाउँमा उनीहरुले हेरेर ठूलाठूला थेसिस लेख्न र तयार गर्न सक्छन् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले गणतन्त्र संग्रहालय वा स्मारक छुट्टै बनाउनुपर्ने बताए । ‘छुट्टै म्युजियम बनाउनुपर्छ । लखन थापा मगरदेखि अहिलेसम्मका जनताको लडाईं, संघर्ष, त्याग, तपस्या बलिदान सबैका गाथाहरु लेख्नुपर्छ । संविधान निर्माणका इतिहास लेखौं’ उनले भने, ‘त्यो मान्छेहरु हेर्न चाहन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?