+
+

औद्योगिक करिडोरको बिजुली काट्दा निर्माण उद्योगमा नकारात्मक असर : महासंघ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १७:२१

१९ पुस, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले औद्योगिक करिडोरहरुमा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न सरोकारवालासँग माग गरेको छ ।

ठूला उद्योगको लाइन नेपाल विद्युत् प्राधिकरणले काट्दा उद्योग बन्द भएको र यसले हजारौं मजदुर बेरोजगर बनेको भन्दै समस्या समाधान गर्न माग गरेको हो । साथै यसको असर निर्माण क्षेत्रमा समेत नकारात्मक परेको महासंघको दाबी छ ।

राज्यबाट निर्माण कार्यको भुक्तानी नपाएको बेला उद्योगहरु बन्द हुँदा निर्माण उद्योग थप मारमा परेको भन्दै महासंघले गुनासो समेत गरेको छ ।

उद्यमी नियम अनुसार महसुल तिर्न तयार रहेको अवस्थामा प्राधिकरणले लाइन काट्नु र यसमा राज्यले वेवास्ता गरेको प्रति महासंघको आपत्ति छ ।

महासंघले नेपालमा औद्योगिक वातावरण नबिगार्न समेत माग गरेको छ ।

निर्माण सामग्री उत्पादन गर्ने उद्योग बन्द हुँदा निर्माण सामग्रीको अभाव हुने र कृत्रिम मूल्यवृद्धि हुने र यसले पूर्वाधार खर्च बढ्ने तर्फ समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?