+
+

राष्ट्रिय सभाको उम्मेदवार चयन गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते ७:१३

२२ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको बताए ।

बैठक शनिबारका लागि तय भएको थियो । तर, सत्ता गठबन्धनबीच शनिबार सिट बाँडफाँटमा सहमति नभएपछि बैठक आज बस्न लागेको हो ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते (सोमबार) उम्मेदवारी दर्ताको कार्य तालिका छ । त्यसैले कांग्रेस आफ्नोतर्फबाट उम्मेदवार टुंगो लगाउन जुटेको हो ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुने छ । एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछ ।

सिट बाँडफाँटलाई अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनका दलहरुको बैठक आइतबार बिहान पनि बस्दै छ । शनिबार मध्यरातसम्म बसेको बैठकमा कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ६ र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट लिने मोटामोटी सहमति भएको नेताहरुले बताएका छन् ।

एकीकृत समाजवादीले तीन सिटमा र जनमत पार्टीले १ सिटमा दाबी गरेकाले अन्तिम टुंगो लाग्न बाँकी छ । त्यसैले आज बिहान फेरि बैठक बसेर सिट बाँडफाँट टुंगो लगाउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?