+
+

देवदहमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १६:४८

२२ पुस, बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

देवदह नगरपालिका–९ स्थित राजमार्गमा बन्दै गरेको पुलमा लु ६७ प ७००४ नम्बरको स्कुटर दुर्घटनामा देवदह ९ निवासी २१ वर्षका निराजन श्रीसको मृत्यु भएको हो ।

खैरेनी प्रहरी चौकी देवदहका इन्चार्ज खिम बगालेका अनुसार पुल बनिरहेको ठाउँमा डाइभर्सनबाट जानुपर्नेमा सोझै निर्माणाधीन पुल हुँदै गुडेको स्कुटर १६ फिट तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते श्रीसलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

हुस्सु लागेको समयमा चालकले मोबाइलमा माइक्रोफोन जोडेर गीत सुन्दै स्कुटर हांकेको र पुल बनिरहेको ठाउँमा डाइभर्सनबाट जानुपर्नेमा नगएका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?