+
+

बैठक छाडेर हिंडे डा. शेखर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते २०:४७

२२ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ ।

पार्टी कार्यालय, सानेपामा जारी बैठकबाट नेता डा. शेखर कोइराला भने बाहिरिएका छन् । सत्ता गठबन्धनमा भएको भागबन्डामा पाएको १० मध्ये ४ सिट आफ्नो समूहले पाउनुपर्ने डा. शेखर–गगन थापा समूहको माग छ ।

तर सभापति शेरबहादुर देउवाले तीन सिट लिन भनेका छन् । देउवाले थप एक सिट दिन तयार नभएपछि डा. शेखर बैठक छाडेर हिंडेका एक सहभागीले बताएका छन् ।

११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार उम्मेदवार मनोनयनको कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?