+
+

आनन्द ढुंगानाबिरुद्ध कांग्रेसमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १७:०३

२३ पुस, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभामा मधेशबाट उम्मेदवार बनाएका आनन्दप्रसाद ढुंगाना विरुद्ध पार्टी केन्द्रीय कार्यालयमा उजुरी परेको छ ।

अनुशासन समिति संयोजक समेत रहेका ढुंगाना विरुद्ध उनकै गृहजिल्ला धनुषाका नेताले उजुरी दिएका हुन् ।

धनुषा १ का महासमिति सदस्य भोला पञ्जियारले केन्द्रीय सदस्य ढुंगानाले उजुरी दिएका हुन् । अघिल्लो राष्ट्रिय सभाको निर्वाचनमा भोट खरिद गर्नका लागि भनि ढुंगानाले २० लाख रुपैयाँ लिएको आरोप लगाएका छन् ।

अघिल्लो राष्ट्रिय सभाको चुनावमा मधेशबाट कांग्रेसका उम्मेदवार समेत रहेका पञ्जियारले पुस २० गते पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिएका छन् ।

‘त्यति बेलाको चुनावमा भोट किन्नु पर्छ भनेर आदरणीय नेता आनन्दप्रसाद ढुंगानाज्यूलाई मैले १० लाख र नगिना यादवले १० लाख गरी २० लाख रुपैयाँ जम्मा गरें, भोट किन्न नसके वापस गर्छु भन्ने कुराहरु भएका थिए’ पञ्जियारले दिएको उजुरीमा भनिएको छ, ‘तर भोट किन्न सक्नुभएन र अहिलेसम्म मेरो १० लाख रुपैयाँ पनि फिर्ता गरिरहेको छैन ।’

तर ढुंगानाले भने आफूले पैसा नलिएको बताएका छन् । अनलाइनखबरसँग उनले भने, ‘पैसा उसैको भाइले लिएको हो, मैले लिएको होइन, ५५ वर्षको राजनीतिक इतिहासमा मैले कसैसँग १ पैसा पनि लिएको छैन ।’

पञ्जियारले उजुरीमा आफ्नो नाम जोडेकोप्रति नगिना यादवले पनि आपत्ति जनाएकी छिन् । आफूसँग सरोकारनै नभएको विषयमा पञ्जियारले नाम जोडेर बदनाम गर्न खोजेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?