+
+

माइतीघरबाट डा. केसी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १४:०२

२४ पुस, काठमाडौं । चारबुँदे माग राख्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

डा. केसीले विगतमा भएका सहमति पालना गनुपर्ने, निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्‍याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अगाडि बढाउनुपर्ने माग अघि सारेका छन् ।

मुखमा टेप लगाएका उनले हातमा आफ्ना मागहरु राखिएको प्ले कार्ड बोकेका थिए । तर निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । केसी सहित पवन थापा लगायत युवा अभियन्ताहरु प्रहरी नियन्त्रणमा छन् ।

केसीले माइतीघरमा निषेधाज्ञा लगाएर प्रधानमन्त्री प्रचण्ड लगायत सत्ता गठबन्धनले मानव अधिकारको ठाडो उल्लंघन गरी लोकतन्त्र र देशको संवैधानिक व्यवस्थाको खिल्ली उडाई रहेको भन्दै आपत्ति जनाएका छन् ।

उनले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा लैजान माग गरेका छन् । चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति सर्वोच्च अदालत वाट रोकिएकाले तत्काल अदालतले वाटो खोली नियुक्ति अघि बढाउन केसीको माग छ ।

साथै केसीले आफूसँग भएको सम्झौता भएबमोजिम स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?