+
+

रास्वपाको सचिवालय बैठक सिंहदरबारमा जारी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १४:१७

२४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक सचिवालयको बैठक जारी छ ।

मंगलबार दिउँसो २ बजे सचिवालयको बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । सचिवालय बैठक सिंहदरबारमा बोलाइएको छ ।

बैठकमा दैनिक कार्यसञ्चालन सम्बन्धी निर्णय र समसायिक विषयहरु छलफलका एजेण्डा रहेको महामन्त्री ढकालले जानकारी गराए ।

बैठक छलफलका थप एजेण्डामा लेबी, सदस्यता लगायत रहेको सह प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय समितिको बैठकले सचिवालय बनाउने निर्णय गरेको थियो । रास्वपाको सचिवालयमा १२ जना हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?