+
+

फेब्रुअरी दोस्रो साता इन्गेजमेन्ट गर्ने तयारीमा रश्मिका र विजय

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १७:०६

काठमाडौं । दक्षिण भारतीय स्टारहरु विजय देवरकोंडा र रश्मिका मन्दानाले डेटिङ गरिरहेको हल्ला नयाँ होइन । यी दुई कलाकारले सार्वजनिक रूपमा आफ्नो सम्बन्ध स्वीकार गरेका छैनन् ।

भारतीय समाचार एजेन्सी न्युज–१८ मा हालैको खबरअनुसार यी दुवै कलाकारले फेब्रुअरीको दोस्रो साता इन्गेजमेन्ट घोषणा गर्ने तयारी गरेका छन् । यद्यपि उनीहरुको आधिकारिक प्रतिक्रिया आइसकेको छैन ।

विजय र रश्मिकाले ‘गीता गोविन्दनम’ र ‘डियर कामरेड’मा अभिनय गरेका थिए । त्यतिबेलादेखि नै यी दुईबीच प्रेम सम्बन्धको हल्ला चलेको हो । यिनीहरु यतिबेला गम्भीर प्रेममा छन् भनेर जनाइएको छ ।

पछिल्लो केही दिनयता रश्मिका र विजयको इन्गेजमेन्टको खबर सामाजिक सञ्जालमा फैलिएको छ । न्यूज-१८ को विवरणअनुसार दुवैले फेब्रुअरी दोस्रो साता इन्गेजमेन्ट गर्दैछन् ।

हालै रश्मिकाले हैदराबादस्थित विजयको घरमा दीपावली मनाएकी थिइन् । त्यसपछि यी दुई बिदा मनाउन एकसाथ निस्किएका थिए । रश्मिकाको पछिल्लो फिल्म ‘एनिमल’ले विश्वव्यापी ८०० करोड भारु कमाएको छ । उनी यतिबेला अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को सुटिङमा व्यस्त छिन् ।

रश्मिकासँग ‘रेन्बो’, द गर्लफ्रेन्ड र चाभा फिल्म पाइपलाइनमा छन् । विजय चाहिं परशुराम पेट्लाको आउँदो फिल्म ‘फ्यामिली स्टार’ र निर्देशक गौतम तिनौरीको फिल्म ‘भीडी १२’मा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?