+
+

तेस्रो पटक लेडी गागाको इन्गेजमेन्ट, को हुन् उनका नयाँ प्रेमी ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १२:०५

काठमाडौं । प्रसिद्ध अमेरिकी गायिका लेडी गागा निजी जीवनले पनि चर्चामा हुन्छिन् । हलिउड अभिनेत्री समेत रहेकी उनको शीर्ष भूमिका रहेको फिल्म ‘जोकर’ यसैवर्ष रिलिज तयारीमा छ ।

तर पछिल्लो साता डेटको खबरले यी गायिका गसिपको केन्द्रमा छिन् । उनले नयाँ प्रेमीसँग डेट गरिरहेको खबर छ । अहिले उनको रोमान्ससँग सम्बन्धित खबर सार्वजनिक भइरहेका छन् । यसले फ्यानलाई खुसी दिइरहेको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार लेडी गागाले चाँडै सेतो गाउन लगाएर चर्चमा आफ्नो बुबाको अगाडि आफ्नो प्रेमी माइकल पोलान्स्कीलाई चुम्बन गर्ने र उसलाई आफ्नो पार्टनर बनाउने छिन् ।

यो कुरा हामीले भनिरहेका होइनौं । उनको एउटा भाइरल तस्वीरले यसको पुष्टि गरिरहेको छ, जसमा उनले इन्गेजमेन्टको औंठी लगाएकी छिन् । गागाले उद्यमी माइकल पोलान्स्कीलाई डेट गरिरहेकी छिन् ।

उनीहरु एक वर्षदेखि सम्बन्धमा रहेको जनाइएको छ । अहिले यी दुईले इन्गेजमेन्ट गरेको खबर छ । यसअघि पनि लेडी गागाले दुईपटक इन्गेजमेन्ट गरिसकेका छिन् ।

गागाको त्यो तस्वीर, जसमा उनको इन्गेजमेन्ट भएको दाबी गरिएको छ, त्यसमा उनी टाउकोदेखि पाउसम्म कालो पहिरनमा देखिएकी छिन् । आँखामा कालो चश्मा र खुट्टामा कालो हिल । कोटमा हात हालेकी छन् । औंलामा लगाइएको ठूलो हीराको औंठीले सबैको ध्यान तानेको छ । यद्यपि, लेडी गागा वा माइकल पोलान्स्कीबाट अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।

यो तस्वीर सार्वजनिक हुनेबित्तिकै गागाका फ्यान खुसीले उफ्रिए । एकजनाले लेखे, ‘के भयो ? उनीहरुको इन्गेजमेन्ट भयो ।’ अर्काले अचम्म मान्दै लेखे, ‘हेल्लो, ब्लडी मेरी’ गायिकाले यसअघि टेलर किन्नीसँग इन्गेजमेन्ट गरेकी थिइन् । टेलरबाहेक उनको क्रिश्चियन क्यारिनोसँग पनि इन्गेजमेन्ट भयो तर यी दुवैसँग उनको सम्बन्ध टिकेन ।’

३८ वर्षीया लेडी गागा र ४६ वर्षीय माइकल पोलान्स्कीबीच आठ वर्षको उमेर अन्तर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?