+
+

म्याक्रोनले ३४ वर्षीय युवा अटललाई बनाए फ्रान्सको प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १७:४६

२४ पुस, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ३४ वर्षिय युवा गेब्रियल अटल (एल) लाई प्रधानमन्त्री नियुक्त गरेका छन् । योसँगै अटल फ्रान्सको इतिहासमै सबैभन्दा युवा प्रधानमन्त्री बनेका छन् ।

बीबीसीका अनुसार अटलले जुनमा हुने युरोपेली संसदीय निर्वाचनमा सरकारको नेतृत्व गर्नेछन् । उनी समलैंगिक हुन् । यसअघि सन् १९८४ मा लरेन्ट फाबियस ३७ वर्षको उमेरमा फ्रान्सको प्रधानमन्त्री बनेका थिए ।

यसअघि २० महिने कार्यकाल सकेसँगै एलिजाबेथ बोर्नले प्रधानमन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले संसदमा बहुमत जुटाउनको लागि आफ्नो कार्यकालभरी संघर्ष गर्नुपरेको थियो ।

उनी मुस्लिम महिला र केटीहरूले लगाउने पहिरनलाई फ्रान्सका विद्यालयहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै चर्चा र विवादमा तानिएका थिए ।

यसअघि मात्र ३४ वर्षको उमेरमा फ्रान्सको आधुनिक इतिहासमा सबैभन्दा कान्छो शिक्षामन्त्री बनेका थिए । उनले फ्रान्सको शिक्षा प्रणालीमा आफ्नो छाप छोड्ने प्रयास गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?