+
+

एकीकृत समाजवादी लुम्बिनीका सचिव गुरुङले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १९:३८

२४ पुस,बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टीबाट राजीनामा दिएका छन् ।

उनले मंगलबार पार्टी नेतृत्वलाई राजीनामा बुझाएको भन्दै अध्यक्षलाई सम्बोधन गर्दै लेखिएको राजीनामा फेसबुकमा पोष्ट गरेका छन् ।

राजीनामा पत्रमा उनले पार्टीको सदस्यता र पार्टीले आफूलाई सुम्पेको केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश कमिटी सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले पार्टी केन्द्रको छैठौं बैठकबाट पार्टीमा आफ्नो फरक मत रहेको उल्लेख गर्दै फरक मतको सम्बोधन नभएपछि पार्टीको सदस्यसमेत नरहने गरी लिखित राजीनामा दिएको बताए ।

गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए । उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट गठबन्धनको तर्फबाट उम्मेदवारसमेत बनेका थिए । तर निर्वाचन आयोगले कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?