+
+

राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा कृष्ण कला विष्टको तीन कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते २१:१३

२४ पुस, काठमाडौं ।  नेपाल भारोत्तोलन संघको आयोजनामा भएको २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा पहिलो दिन कृष्णकला विष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

नेपाल पुलिस क्लबकी उनले स्न्याच, क्लिन एण्ड जर्की र कुल गरी तीन वटा कीर्तिमान बनाएका हुन् ।

भक्तपुरको थिमीस्थित थिमी ब्याङ्केटमा भएको प्रतियोगितामा विष्टले महिला सिनियर ४९ केजी तौल समूहमा उनले स्न्याचमा ५९, क्लिन एण्ड जर्कमा ७७ केजी र कूलमा १३६ केजी भार बहन गर्दै नयाँ कीर्तिमान बनाइन् ।

यस तौल समूहमा नेपाल आर्मीकी सृजना तामाङले ११० केजी भार बहन गर्दै दोस्रो स्थान हासिल गरिन् भने एपीएफकी सबिना श्रेष्ठले ८४ केजी उठाएर तेस्रो भइन् ।

प्रतियोगिताको मंगलबार नेपाली कंग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले उद्घाटत गरेका थिए । निधिले खेलमा जस्तै राजनीतिमा पनि नियम पालना गर्नुपर्ने र गल्ती गरेपनि सच्चिने अवसर दिनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घ, एसियन भारोत्तोलन महासङ्घ र नेपाल भारोत्तोलन सङ्घको नियम अनुसार सञ्चालित हुने प्रतियोगिता मध्यपुर ठिमीमा पुस २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा विभागीय टोली र देशभरका गरी दुई सय ५० खेलाडीको सहभागिता रहेको सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिए ।

कीर्तिमानी खेलाडी सम्मानित

नेपाल भारोत्तोलन संघले १९औं एसियाडमा तीन सय केजी भन्दा माथिको भार बहन गर्ने दुई कीर्तिमानी खेलाडी र युथ एसियन च्याम्पियनसिपमा पदक विजेता खेलाडीसहित ६ जनालाई मंगलबारै सम्मान गरेको छ ।

१९औं एसियाडमा ३०३ केजी भार बहन गरेका सागर भण्डारी र ३०१ केजी भार बहन गरेका विशाल सिंह विष्टलाई सम्मान गरिएको हो । यस्तै युथ एसियन च्याम्पियनसिपमा कांस्य पदक जितेका हेमन्त पाललाई पनि सम्मान गरियो ।

यसैगरी १९औं एसियाडका प्रशिक्षक जीवन गौतम र म्यानेजरमा राम सुन्दर श्रेष्ठ तथा अर्का प्रशिक्षक सञ्जय महर्जनलाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?