+
+

संसदीय समितिमा सहभागी हुँदै प्रधानमन्त्री, भारतीय विदेशमन्त्रीको भ्रमणबारे जानकारी गराउने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते ९:३६

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागी हुँदै छन् ।

आज बिहान एघार बजे बस्ने बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबारे छलफल हुने छ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा दुई देशबीच भएका सम्झौताका विषयमा समितिलाई जानकारी गराउने छन् ।

यही पुस १९ गते आयोजित नेपाल-भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आएका थिए । सो भ्रमणको क्रममा काठमाडौंस्थित भारतीय दूतावासले एउटै परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्न सक्ने लगायतका विषयमा दुई देशबीच सम्झौता भएका थिए । यो सम्झौता गरेपछि सरकारको आलोचना भएको छ ।

यसअघि संसदको राज्य व्यवस्था समितिको बैठकमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले भारतीय दूतावासले २० करोड रकम आफूखुसी खर्च गर्न नपाउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?