+
+

भारतसँग उसले उत्पादन गरेको बिजुली मात्र बेच्ने सम्झौता भएको छैन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते ११:२८

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालबाट भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको बताएका छन् ।

आज संसदीय समितिको बैठकमा भारतसँग भएको सम्झौताबारे जानकारी दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो जानकारी दिएका हुन् ।

चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भने भारतको रिजर्भसेन रहेको उनले जानकारी दिए ।

आफूले ग्लोबल टेन्डरबाट चिनियाँ ठेकेदारले पाएको आयोजनबाट उत्पादित बिजुलीलाई चीनको भनिदिनु भएन भनेर भनेको जानकारी प्रचण्डले दिए ।

उनले यो विषयमा भारत सकारात्मक हुने र समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा नेपालबाट आगामी दश वर्षमा भारतले १० हजार मेगावाट बराबर विद्युत किन्ने सम्झौता भएको थियो । त्यस सम्बन्धमा भारतीय विदेशमन्त्री एस जयशंकर यही पुस १९ गते नेपाल भ्रमणमा आएको बेला दुई देशका अधिकारीहरुबीच समझदारी भएको थियो ।

यो सम्झौताले नेपाल र भारतबीच दीर्घकालमा विद्युत व्यापारको ढोका खुलेको प्रधानमन्त्री प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?