+
+

टम क्रुज र वार्नर ब्रोजबीच ‘रणनीतिक साझेदारी’ : मौलिक र फ्रेन्चाइजी फिल्म बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १३:३६

काठमाडौं । हलिउड स्टुडियो वार्नर ब्रोज डिस्कभरीसँग मिलेर अभिनेता टम क्रुजले नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । स्टुडियो र अभिनेता दुवैले जारी गरेको वक्तव्यमा अब बन्ने फिल्म मौलिक र फ्रेन्चाइजी दुवै हुने उल्लेख छ ।

यो बहुचर्चित सम्झौताअनुसार यी सबै फिल्मको शीर्ष भूमिकामा क्रुज हुनेछन् । नयाँ ‘रणनीतिक साझेदारी’ भनिएको यो सम्झौतापछि क्रुज र उनको निर्माण टोलीको कार्यालय बरब्यांकस्थित डिस्कभरीकै कार्यालयमा हुनेछ ।

यो सम्झौता सन् २०२२ मा वार्नर ब्रदर्स मोसन पिक्चर समूहको सहअध्यक्ष र सीईओको पदभार ग्रहण गरेका माइकल डे लुका र पाम अब्डी तथा स्टुडियोलाई पुनर्जीवित गर्न काम गरिरहेका डेभिड जास्लाभका लागि एउटा उपलब्धि हो ।

क्रुजले वार्नर ब्रोजका प्रतिस्पर्धी प्यारामाउण्ट र युनिभर्सल स्टुडियोसँग पनि काम गर्न सक्नेछन् । किनभने ती स्टुडियोसँग उनका अन्य प्रोजेक्ट पनि छन् । वार्नर ब्रोजसँगको सहकार्यमा क्रुजले थप ब्लकबस्टर फिल्म दिन सक्ने र स्टुडियोलाई उकास्नमा योगदान दिन सक्ने अपेक्षा गरिएको छ ।

क्रुजले दशकअघि वार्नर ब्रोजको फिल्म ‘एज अफ टुमरो’मा अभिनय गरिसकेका छन् । तर त्यसयता एक दशक बितिसकेको छ । उनी वार्नर ब्रदर्सका रिलिजहरू म्याग्नोलिया, रक अफ एजेज, इन्टरभ्यु विथ द भ्याम्पायर र आइज वाइड शटमा पनि देखा परेका छन् ।

‘हामी फिल्म उद्योगका लिजेन्ड टमसँग काम गर्न पाउँदा रोमाञ्चित छौं,’ वार्नर ब्रोजले विज्ञप्तिमा भनेको छ । क्रुजका आगामी फिल्ममा प्यारामाउन्टका लागि ‘मिसन इम्पोसिबल’ फ्रेन्चाइजीको आठौं श्रृंखलासँगै ‘एज अफ टुमोरो’ निर्देशक डग लिमनको आगामी युनिभर्सल एक्सन फिल्म समावेश छ । यो फिल्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा छायांकन गरिनेछ । यो फिल्मबाट क्रुज अन्तरीक्ष वाकमा निस्किने पहिलो अभिनेता बन्नेछ ।

उनी हालै ‘मिसन इम्पोसिबल : डेड रेकनिङ पार्ट वान’मा देखा परे, जसले बक्स अफिसमा निराशाजनक प्रदर्शन गर्‍यो । साथै, २०२२ मा रिलिज भएको ‘टपगन माभेरिक’ उनको करिअरको सबैभन्दा ठूलो हिट फिल्म थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?