+
+

टम क्रुजले लण्डनमा थाले ‘मिसन इम्पोसिबल’को नयाँ शृंखला छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १७:३८

काठमाडौं । हलिउड अभिनेता टम क्रुजले फिल्म ‘मिसन इम्पोसिबल’को नयाँ श्रृंखलाको छायांकन थालेका छन् । लण्डनको छायांकन सेटबाट केही ताजा तस्वीर र भिडियो सार्वजनिक भएका छन्, जहाँ यी अभिनेता सडकमा दौडिइरहेको देख्न सकिन्छ ।

पहिलो तस्वीरमा क्रुज लण्डनको वेस्टमिन्स्टर पुलमा दौडिरहेको देखिन्छ, जहाँ भागदौडको दृश्य छायांकन भइरहेको छ । जहाँ उनी कालो कोट र सेतो टिसर्टमा देखिएका छन् । उनको टिसर्टमा रगत लतपतिएको देखिन्छ ।

दोस्रो तस्वीरमा उनी मुस्कुराउँदै र छायांकनको बीचबीचमा टोलीसँग कुरा गरिरहेको देखिएको छ । अर्को फोटोमा लन्डनको प्रतिष्ठित ल्यान्डमार्कको छेउमा उभिएको धेरै सशस्त्र सैनिक उभिएको देख्न सकिन्छ ।

भिडियोमा उनी क्ल्याप बजेसँगै सडकको अर्को भागतिर तीव्र गतिमा दौडिएको देखिन्छ । हलिउडमा हालै चलेको कलाकार र लेखकको हड्तालका कारण यो फिल्मको रिलिज सन् २०२५ मा हुने जनाइएको छ ।

‘मिसन इम्पोसिबल’को यो आठौं श्रृंखलामा उनी जासूस पात्र इथन हन्टको रोलमा छन् । यो फिल्मको निर्देशन क्रिस्टोफर म्याक्क्वेरीले गरिरहेका छन् भने प्यारामाउण्ट पिक्चर्सले फिल्म निर्माण गरिरहेको छ ।

गत वर्ष ओपेनहाइमर र बार्बीको दबाबबीच ‘मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वन’ले विश्वव्यापी ५०० मिलियन डलर कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?