+
+

गौतमबुद्ध रंगशाला बनाउन भरतपुर महानगरलाई संघीय सरकारको सहमति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १९:०३

२५ पुस, काठमाडौं । संघीय सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि यो रंगशाला अलपत्र छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बागमती प्रदेशको राजधानी हेटौंडा पुगेर प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग वार्ता गरेपछि रंगशालाको काम अगाडि बढाउने सहमति भएको थियो ।

महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड रुपैयाँको काम गर्ने गरी सहमति भइसकेको छ । ७५ करोडको ७० प्रतिशत लागत प्रदेश र ३० प्रतिशत भरतपुर महानगरले ब्यहोर्ने सहमति छ ।

अब ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउन बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?