+
+

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते ११:५६
Photo Credit : RSP

२६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ ।

भेटमा लामिछानेले चिनियाँ ठेकदारले विस्तार गरिरहेको नारायणगढ–बुटवल सडकखण्डको दुरावस्थाबारे ध्यानाकर्षण गराएको र राजदूतले सोङले आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको रास्वपाले जनाएको छ ।

पार्टी कार्यालय वनस्थलीमा भएको भेटमा सभापति लामिछानेसँगै प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र प्रतिनिधि सभा सदस्य तथा पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायतको सहभागिता थियो ।

रास्वपाले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको छ । थप ढिलाइ नहुन चालिनु पर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भयो । आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाउनु भयो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?