+
+

पशुपतिमा गाँजा बेचेको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १७:२५

२६ पुस, काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंको टोलीले छापा मारेको छ ।

पशुपति क्षेत्रमा बसेर गाँजा बेचेको आरोपमा एनसीबीको टोलीले ५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ८ सय ३८ ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

ब्यूरोका अनुसार, गौशालाको ओरालोबाट गाँजा विक्री गर्दै गरेको अवस्थामा केहीलाई पक्राउ गरिएको थियो भने केहीलाई शव दाहगृह नजिकैबाट समातिएको हो ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त, गौशाला बुझाइएको जनाइएको छ । गाँजाको विक्रीबारे अनुसन्धान गरिदिन भन्दै पशुपति क्षेत्र विकास कोषले ब्यूरोलाई अनुरोध गरेको थियो ।

तस्वीरहरुः आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?