+
+

यमनमा हुथी विद्रोहीलाई लक्षित गर्दै अमेरिका र बेलायतको आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १३:२२

२७ पुस, काठमाडौं । अमेरिका र बेलायती सेनाले यमनमा हुथी विद्रोही लक्षित आक्रमण सुरु गरेका छन् ।

आफ्नो महत्वपूर्ण सहयोगी इजरायलले गाजामा हमाससँग युद्ध लडिरहेको बेला अमेरिकाले आफ्ना सहयोगीहरूसँगै मिलेर यमनमा आक्रमण सुरु गरेको हो ।

मध्यपूर्वका इस्लामिक देशहरू गाजामा भइरहेको इजरायली आक्रमणको बिरूद्ध एकजुट देखिएका थिए, तर यमनमा हुथी लक्षित आक्रमणले स्थितिलाई जटिल बनाउन सक्ने छ ।

हुथीहरूलाई इरानले समर्थन गरेको छ र साउदी अरेबियाले यमनमा हुथीहरू विरुद्ध वर्षौंदेखि लडिरहेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इरान समर्थित हुथी विद्रोहीले गत नोभेम्बरदेखि लाल सागर हुँदै जाने जहाजलाई निशाना बनाउँदै आएकाले यो आक्रमण उनीहरुविरुद्धको प्रतिकारात्मक कारबाही भएको बताएका छन् ।

यसका लागि नेदरल्याण्ड्स, अष्ट्रेलिया, क्यानडा, बहराइन लगायतका देशबाट सहयोग आइरहेको उनले बताए ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले रोयल एयर फोर्सको लडाकु विमानको सहयोगमा हुथी सैन्य अड्डा लक्षित रेर आक्रमण गरिएको बताएका छन् । उनले यी आक्रमणलाई ‘सीमित, आवश्यक र आत्मरक्षाको लागि लिइएको कदम’ बताएका छन् ।

हालसम्म प्राप्त जानकारी अनुसार यमनको राजधानी साना, रेड सागरको होडेडा बन्दरगाह, उत्तर-पश्चिममा हुथी विद्रोहीको गढ मानिने धामार र सदामा हमला गरिएको छ।

हुथी विद्रोही समुहका एक नेताले अमेरिका र बेलायतले यो आक्रमणको लागि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

यमनको ठूलो भूभाग हुथी विद्रोहीको नियन्त्रणमा छ । हुथीले इजरायल विरुद्ध लडिरहेको प्यालेस्टिनी चरमपन्थी समूह हमासलाई समर्थन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?