५ मंसिर, काठमाडौं । नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आफ्नो टिमले क्षमताअनुसार खेल्न नसकेको बताएका छन् ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भ्रमणकारी टोली यमनसँग २–० ले स्तब्ध भएको छ । खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक एनेसले भने, ‘मैले यो प्रदर्शन अपेक्षा गरेको थिएन, हामीले हामो क्षमता अनुसार फुटबल खेलेनौं ।’
दोस्रो हाफमा नेपालका हिसुब (थपलिया)ले यमनका किपरसँग वान भर्सेस वानमा गोल गरेनन् । ‘त्यो गोल भएको भए खेलको नतिजा अर्कै हुन्थ्यो’ मुख्य प्रशिक्षक एनेसले भने ।
एरिक विष्टको फ्रिकिकमा अन्जन विष्टलाई रिबाउण्डमा गोल गर्ने अवसर थियो, त्यो पनि सफल हुन सकेन । खेलको ७२औं मिनेटमा यमनका ओमारले उत्कृष्ट गोल गरे ।
एनेसले अघि भने, ‘यमनले अम्याजिङ गोल ग¥यो । हामीले अर्काे गल्ती गयौं, उनीहरुले अर्काे गोल थपे ।’ नेपालले घरेलु टोलीमा खेलेको टिममध्ये यमन राम्रो टोली भएको भन्दै उनले राम्रो खेल्न नसकेकोमा आफूहरुले माफी माग्नुपर्ने बताएका छन् ।
यमनका प्रशिक्षक मिरोस्लाभ साउकुपले भने जितबाट आफूहरु खुसी रहेको बताएका छन् । नेपाल कडा विपक्षी भएकाले प्रतिस्पर्धामक खेल हुने अपेक्षा गरेका राखेको र त्यस्तै खेल भएको भन्दै उनले अघि भने, ‘टिमले बहराइनसँग भन्दा राम्रो खेल्यो ।’
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4