+
+

सेन्सर बोर्डको पोर्टल सुरु, संसदको हिउँदे सत्रमा फिल्म विधेयक पेश हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १४:३४

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले आधिकारिक वेबसाइटको सुरुवात गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार आयोजित समारोहमा पोर्टलको आरम्भ गरिन् ।

उक्त पोर्टलमा चलचित्र जाँचसम्बन्धी इतिहास, प्रावधान, सूचना र अन्य तथ्यहरु समावेश हुने जनाइएको छ । मन्त्रालयले जावलाखेलको स्टाफ कलेजमा आयोजना गरेको सेन्सर बोर्ड र सरोकारवालाबीचको अन्तरसंवाद कार्यक्रममा पोर्टलको थालनी गरेकी हुन् ।

उनले नेपाली चलचित्र क्षेत्र २०२६ सालकै कानुनमा अघि बढेकाले नयाँ परिस्थितिअनुसार अघि बढाउन कानुनमा परिमार्जनको तयारी भइरहेको बताइन् । उनले सरोकार व्यक्ति र निकायलाई उक्त कानुन परिमार्जनको लागि सुझाव पेश गर्न आग्रह गरिन् ।

अब बन्ने फिल्म नीतिले दुई दशकको आवश्यक पनि पूरा गर्न सक्नुपर्ने धारणा मन्त्री शर्माले राखिन् । उनले फिल्मसम्बन्धी अलग कानुन बनाउनेबारे प्रयास गरिरहेको बताइन् । माघदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा सरकारले फिल्म विधेयक पेश गर्ने तयारी गरिरहेको मन्त्री शर्माले बताइन् ।

उक्त कार्यक्रममा सेन्सर बोर्डका अध्यक्ष तथा मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले नेपाली फिल्मको सेन्सर र यसका आयामबारे प्रस्तुति राखे । चलचित्रको विकास र कार्यदिशाबारे चलचित्र विकास बोर्डका सदस्य सचिव विशाल सापकोटाले प्रस्तुति राखे ।

फिल्मकर्मीहरु सहभागी कार्यक्रममा विभिन्न विषयमा छलफल आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?