+
+

शिक्षा विधेयकमाथि छलफल गर्न संसदीय समितिमा विद्यार्थी संगठनलाई आमन्त्रण

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १७:१६

२७ पुस, काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न विद्यार्थी संगठनलाई बोलाएको छ ।

समिति सचिवालयका अनुसार आइतबार बिहान साढे ११ बजे विभिन्न विद्यार्थी संघ÷संगठनहरुका अधिकारीहरुलाई आमन्त्रण गरिएको छ । छलफल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हल सिंहदरवारमा हुनेछ ।

२७ भदौ २०८० मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले प्रतिनिधि सभामा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमाथि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरुसँग छलफल चलाइरहेको छ । बिहीबार अभिभावक संघका अधिकारीहरुसँग छलफल गरेको थियो ।

शिक्षक, कर्मचारी, संचालक लगायतका सरोकारवालाहरुसँग एकचरणमा छलफल गरिसकेपछि यो विधेयकमाथि छलफल गर्न विद्यार्थी संगठनलाई बोलाइएको हो । सरोकारवालाहरुँगको छलफल सकेर विधेयकमा संशोधन प्रस्तव दर्ता गर्ने सांसदहरुलाई बोलाउने समितिको तयारी छ ।

विधेयकमाथि १६५ वटा संशोधन प्रस्ताव परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?