+
+

एनसेल प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष विद्यार्थी संगठनहरूको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते ११:४५
नेकपा एमाले निकट अनेरास्ववियुले मंगलबार एनसेल कार्यालय अगाडि भेला भएर विरोध प्रदर्शन गरेको छ ।

१९ मंसिर, काठमाडौं । एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको आशंका गर्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । सत्ता गठबन्धन निकट र प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थीहरुले यसको विरोध गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट अनेरास्ववियुले मंगलवार एनसेल कार्यालय अगाडि भेला भएर विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

एनसेलको ८० प्रतिशत शेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रालाइट लिमिटेडले खरिद गरेको थियो । त्यसमा कर छलीको आंशकामा विभिन्न टिकाटिप्पणी हुँदै आएको छ ।

यसैगरी सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले पनि संयुक्त विज्ञप्ति निकालेर एनसेलको शेयर खरिदबिक्री प्रकरणको विरोध गरेका छन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूकी अध्यक्ष आरती लामा, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सी, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव र अखिल छैटौंका अध्यक्ष देवेन्द्र कुँवरले जारी गरेको संयुक्त विज्ञप्तिमा एनसेलका पछिल्ला गतिविधिमाथि अनुसन्धान र कारबाही गर्न सरकारसँग माग समेत गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?