+
+

प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन : प्रिन्स र रशिला उपाधि नजिक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १८:१७

२७ पुस, काठमाडौं । एपीएफका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।

शुक्रबार सम्पन्न खेलमा प्रिन्सले एपीएफका देवराज रानालाई २१–१०, २१–१२ ले पराजित गर्दै उपाधीका लागि आर्मीका प्रफुल महर्जनसँग भेट पक्का गरेका हुन् ।

प्रफुलले पुलिस क्लबका बिष्णु कटुवाललाई २१–१५, २१–१२ ले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।

महिलातर्फको खेलमा आर्मीकी रशिला महर्जनले आफ्नै क्लबकी अमिता गिरी माथि २१–५, २१–१७ को सहज जित निकाल्दै फाइनलमा आर्मीकै अनुमाया राईसँगको भेट पक्का गरेकी हुन् । अनुले कस्तुरी कलेजकी सिमा राजवंशीमाथि २१–१८, २१–१४ को जित हात पारेकी हुन् ।

लाखेपोखरी बौद्धस्थित स्पोर्ट्स हवको आयोजनामा भएको प्रतियोगिताका भेट्रान ३५ वर्ष माथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले न्यू बी.एस.का नारायण गौतम र आरिफ मलिकको जोडीलाई २१–१८, २१–१४ ले र चितवनका विद्वान गुरुङ्ग र अमर रायमाझीको जोडीले चन्द्रागिरीका माधव ढकाल र प्रमोद महर्जनको जोडीलाई २१–११, १९–२१, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् ।

पिस फिटनेश सेन्टरका सञ्जय कपाली र अनिल थाम्सुहाङ्गको जोडीले आयोजक स्पोर्टस् हवका लाक्पा तेङ्गी तामाङ्ग र श्याम तामाङ्गको जोडीलाई २१–१३, २१–१५ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरे ।

पुरुष शीर्ष २० वरीयता बाहेकको युगल प्रतियोगितामा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडी सूर्यदर्शन युनिटीका महेश खड्का र दीपक रानको जोडीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् ।

सेमिफाइनलमा स्थान बनाउने क्रममा एपीएफका भोजबहादुर गुरुङ्ग र सन्तोष पनेरुको जोडीले बालकुमारी रिमिक्सका शसिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१–१८, १९–२१, २१–१७, स्पोर्टस् हवका अभिषेक गुरुङ्ग र निश्चल कार्कीको जोडीले धादिङ्गका लक्ष्मण मल्ल ठकुरी र देवीनगरका राम मल्ल ठकुरीको जोडीलाई २१–१५, २०–२२, २१–१७, नखिपोटका बिवेक कन्दङ्गवा र नेल्सन राईको जोडीले लाफाका मनोज फौदार र विवेक न्यौपानेको जोडीलाई २१–१७, २१–१९ ले पराजित गरे ।

पुरुष भेट्रान युगल ४५ वर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश सेन्टरका सञ्जय कपाली र अनिल थाम्सुहाङ्ग, तिलक छन्त्याल र हिरा रोका, एपिएफका धिरेन्द्र चन्द र गण्डकीका टिका थापा तथा चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेलको जोडी पनि सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएका छन् । प्रतियोगिताको फाइनल खेल भोलि शनिबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?