+
+

प्रिन्सलाई लगातार चौथो पटक उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १८:५९

१९ फागुन, काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबका प्रिन्स दाहालले चौथो पटक पनि पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टनको उपाधि जितेका छन् ।

को शनिबार भएको फाइनल खेलमा शीर्ष ८ तर्फको पुरुष एकलमा ललितपुरका प्रफुल्ल महर्जनमाथि २१–१८, २२–२० को सघर्षपूर्ण जित निकाल्दै प्रिन्सले चौथो पटक उपाधि जितेका हुन् । यो विधामा एपीएफका देवराज राना र नेपाल पुलिसका सुनिल जोशी तेस्रो भए ।

नेपाल खेलकुद महासंघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको शीर्ष ८ को महिला एकलतर्फ ललितपुरकी रसिला महर्जनले उपाधि जितिन् । रसिलाले भोजपुरकी नङ्गशल तामाङलाई १७–२१, २१–१५, २२–२० को सघर्षपूर्ण सेटमा पराजित गरेकी हुन् । तेस्रो स्थानमा आर्मीकी अनुमाया राई र नेपाल पुलिसकी निता लम्साल रहे ।

विजेताले नगद ५० हजार, उपविजेताले नगद ३० हजार र तृतीय स्थान प्राप्त गर्नेले नगद १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

पुरुष शीर्ष ८ बाहेकको उपाधि भने एपीएफका क्षितिज खनालले जिते । खनालले फाइनलमा नखिपोटका बिवेक चौधरीलाई २१–१६, १७–२१, २१–१५ ले पराजित गर्दै उपाधि जिते । तेस्रो स्थानमा आर्मीका पविन लिङ्थेप र एपिएफका रोशन साउद रहे ।

यस्तै यसै विधाका महिला तर्फको खेलमा कास्कीकी दिलासा रानाले जित हात पारिन् । उनले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१४, २१–१३ ले पराजित गरेकी हुन् । तेश्रो स्थानमा नेपाल पुलिसकी सुष्मा श्रेष्ठ र पोखरा स्पोर्टस् ब्याडमिन्टन सेन्टरकी आयुष्मा नेपाल रहे ।

चन्द्रागिरीस्थित महांकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष युगल तर्फ एपिएफका प्रिन्स दाहाल र बिजित थापा मगर तथा ललितपुरका प्रफुल महर्जन र आर्मीका सुरोज महर्जनको जोडी बीच भएको प्रतिस्पर्धामा प्रिन्स र बिजितको जोडीले जित हात पारे ।

प्रिन्स र बिजितको जोडीले २१–७, २२–२४ र २१–१२ को जित हात पारेका हुन् । तेस्रो स्थानमा पाँचथरका दिवस शंकर र भोजपुरका बिशाल तामाङ्ग तथा नेपाल पुलिस क्लबका जीवन आचार्य र बिष्णु कटुवालको जोडी रहे ।

महिला युगल तर्फ आर्मीकी अमिता गिरी र ललितपुरकी रसिला महर्जनले जित हात पार्दै उपाधि उचाले । गिरी र महर्जनको जोडीले आर्मीकी अनुमाया राई र मोरङ्गकी सिमा राजबंशीलाई २१–१९, २१–१२ ले पराजित गरेका हुन् । तेस्रो स्थानमा कास्कीका शितल के.सी. र अनु राना तथा एपिएफकी शोभा गौचन र नेपाल पुलिसकी निता लम्साल रहे ।

प्रिन्सले पाए मोटरसाइकल

राष्ट्रिय ब्याडमिन्टन सघ, नेपालले विश्व जुनियर नम्बर एक रहिसकेका नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाललाई रोयल इनफिल्ड हन्टर ३५० ले सम्मान गरेको छ ।

संघको पूर्व घोषित कार्यक्रम अनुरुप प्रिन्सलाई उक्त बाइकले सम्मान गरेको हो । संघले पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ प्रतियोगिताको लगातार तीन संस्करणमा बिजय हासिल गर्ने खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने घोषणा गरेको थियो ।

यस सम्मानबाट हाल सम्म रत्नजित तामाङ र नङ्सल तामाङ सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?