+
+

ब्याडमिन्टन एसिया च्याम्पियनसिप : छनोटका २ खेल जित्दै प्रिन्स मुख्य चरणमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १८:५८

२७ चैत, काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल चीनमा भइरहेको ब्याडमिन्टन एसिया च्याम्पियनसिपको मुख्य चरणमा प्रवेश गरेका छन् ।

चीनको निङ्गवोमा भइरहेको प्रतियोगितामा प्रिन्सले छनोट चरणको समूह ए मा दुई खेल जित्दै मुख्य चरणमा स्थान बनाएका हुन् ।

निङ्गवो ओलम्पिक स्पोर्ट्स सेन्टर जिम्न्याजियममा भएको छनोट चरणमा प्रिन्सले मंगलबार बहराइनका अदनान इब्राहिमलाई २-१ को सेटमा हराए भने बंगलादेशी सोएद खानडोकारलाई २-० को सेटमा हराए ।

प्रिन्सले बहराइनी खेलाडी इब्राहिम विरुद्ध पहिलो सेटमा १५-२१ ले गुमाएका थिए । तर त्यसपछिका दुई सेटमा पुनरागमन गर्दै प्रिन्सले २१-१० र २१-१५ ले आफ्नो पक्षमा पार्दै खेल जिते । त्यसपछि बंगलादेशी खेलाडी सोएदलाई २१-११ र २१- ८ ले सहजै हराए ।

छनोट अन्तर्गत समूह ए को विजेता बनेका प्रिन्सले अब मुख्य चरणको पहिलो चरणमा थाइल्याण्डका खुल्नाभुत भितिदसार्नको सामना गर्नेछन् । खुल्नाभुत प्रतियोगितामा छैटौं वरीयता प्राप्त खेलाडी हुन् । मुख्य चरणमा कूल ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?