+
+

अनेरास्ववियुले स्थापना दिवसरमा विद्यार्थी महोत्सव गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते १२:५१

१९ वैशाख, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ६० औं स्थापना दिवसको अवसरमा विद्यार्थी महोत्सव गर्ने भएको छ ।

१ देखि ३ जेठसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुन लागेको विद्यार्थी महोत्सवमा १४ विधामा कार्यक्रमहरु हुने अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।

उनको भनाई अनुसार विद्यार्थी महोत्सवमा अनेरास्ववियुको बारेमा जानकारी दिने, लाइभ म्युजिक, लाइभ प्रोजेक्ट, करियर काउन्सिलिङ, युवा संसद बहस र संवाद, सांस्कृतिक प्रदर्शनी, रत्तदान तथा स्वास्थ्यशिविरर हुनेछ । त्यस्तैगरी फूड स्टल, ई–गेमिङ प्रतियोगिता, पर्यटन भिजन, विश्वविद्यालयबारे जानकारी, कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण जस्ता कार्यक्रम हुनेछ ।

करिब २०० वटा राखिने स्टलहरुबाट विद्यार्थीले आफ्ना रुची अनुसारको मनोरञ्जन तथा जानकारी लिन सक्ने प्रवक्ता पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?