+
+

त्रिविमा विद्यार्थीको उत्तरपुस्तिका हराएकोबारे छानबिन गर्न अनेरास्ववियुको माग

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १८:५४

१५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको उत्तरपुस्तिका हराइदिएकामा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ ।

त्रिविले २०८० वैशाखमा सञ्चालन गरेको स्नातक तह पहिलो वर्षको स्वास्थ्य तथा जनसंख्या विषयकाृ १६५ थान र फाउन्डेसन अफ एजुकेसनको १७६ थान उत्तरपुस्तिका हराएको थियो ।

नतिजा सार्वजनिक गर्ने समयमा बारम्बार उत्तरपुस्तिका हराउने, पुनः परीक्षा लिनेजस्ता क्रियाकलापलाई गैरजिम्मेवारपूर्ण भन्दै अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले यसले विश्वविद्यालयको प्राज्ञिक गरिमा र विद्यार्थीहरुको भविष्यमाथि गम्भीर संकटको संकेत गरेको बताएको छ ।

अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीका अध्यक्ष समीरराज विष्टले परीक्षा नियन्त्रण कार्यालयबाट पटक पटक उत्तरपुस्तिका हराएको घटना र परीक्षा नियन्त्रक एवं कर्मचारीहरुको गैरजिम्मेवारपनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

अनेरास्ववियुले त्रिविमा उपकुलपति नियुक्तिको महिना दिन बितिसक्दा पनि शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गर्न नसक्नुले नवनियुक्त उपकुलपति केशरजंग बरालबाट प्रशासनिक र प्राज्ञिक नेतृत्व असम्भव रहेको देखिएको बताएको छ ।

हेर्नुहोस् अनेरास्ववियू विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?