+
+

निर्माण व्यवसायीलाई तत्कालै भुक्तानी दिन सरकार तयार

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते १६:५२

२९ पुस, काठमाडौं । विभिन्न आयोजना निर्माणवापत सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्न सरकार तयार भएको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलले भुक्तानीको प्रक्रिया तत्काल अगाडि बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीलाई गत आर्थिक वर्षमा काम गरेवापत भुक्तानी गर्न बाँकी १ अर्ब ७१ करोड र चालु आर्थिक वर्षको अहिलेसम्मको दायित्व ६ अर्ब ३० करोड रुपैयाँ तत्काल निकासा गर्न अर्थमन्त्रीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि भएको छलफलमा अर्थ मन्त्रालयले आइतबार नै भुक्तानीको प्रक्रिया अगाडि बढाउन तयार भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?