+
+

भारतीय सेनालाई मार्च १५ सम्ममा देश छाड्न माल्दिभ्सको अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १३:१०

१ माघ, काठमाडौं । माल्दिभ्सले भारतीय सैनिकहरूलाई देश छोड्न मार्च १५ सम्मको अल्टिमेटम दिएको छ । मोहम्मद मुइज्जु सरकारले भारतीय सैनिकहरूलाई मार्च १५ सम्ममा माल्दिभ्स छाड्न भनेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उद्धार तथा मानवीय सहायताका लागि भन्दै ८८ जना भारतीय सैनिक माल्दिभ्समा छन् । ती सेनाले मार्च १५ सम्ममा फिर्ता हुन माल्दिभ्स सरकारले भारतीय सरकारलाई भनेको समाचार माल्दिभ्सका सञ्चार माध्यममा छन् ।

दुवै देशको उच्चस्तरीय कोर ग्रुपको बैठकमा ती सेना फिर्ता गर्ने प्रक्रिया सुरु गर्न दुवै देश सहमत भएको माल्दिभ्सको विदेश मन्त्रालयले जनाएको छ ।

तर भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने भारतीय सेना फिर्ता गर्ने समयसीमाबारे केही उल्लेख छैन ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मालेमा उच्चस्तरीय कोर समूहको बैठक बसेको र बैठकमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको जनाएको छ ।

इन्डिया आउटको नारा दिएर गत राष्ट्रपति चुनाव जितेका मोहम्मद मुइज्जुको पहिलो  प्राथमिकतामा भारतीय सेना फिर्ता गर्नु हो । १७ नोभेम्बरमा सत्ता सम्हाले लगत्तै मुइज्जुले भारतलाई सैनिक फिर्ता लैजान आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?