+
+

नेपाली फिल्ममा विदेशी लगानी ल्याउन पहल भैरहेको छ : भुवन केसी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते २२:३८

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासका लागि विदेशी लगानी ल्याउनुपर्ने बताएका छन् । सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ)बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले विदेशी लगानी ल्याउन पहल भैरहेको समेत बताए ।

स्वदेशी फिल्मको निर्माणमा विदेशी लगानी ल्याउन सके अन्तर्राष्ट्रियस्तरमा महंगा फिल्मसँग नेपाली फिल्मले पनि प्रतिस्पर्धा गर्न सक्ने बताए । ‘नेपाली फिल्ममा विदेशी लगानीको व्यवस्था छैन तर, हामीले ल्याउन पहल गरिरहेका छौं’ उनले भने ।

‘नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सकियो भने हामीले अझ धेरै रकममा इन्टरनेशनल लेभलमा हाम्रो देशका फिल्मले प्रतिस्पर्धा गर्न सक्छन् । विदेशी लगानी यहाँ ल्याउने प्रावधान छैन । त्यसको लागि पहल गरिरहेका छौं’ केसीले भने ।

उनले थप भने- शतप्रतिशत लगानी गर्न नपाएपनि ४९ प्रतिशत लगानी गर्नसक्ने व्यवस्थाका लागि पहल गरिरहेका छौं । चलचित्र निर्माणका लागि आवश्यक इक्क्वीपमेण्ट हामी ल्याउन सक्दैनौं । त्यो वातावरण छैन । एउटा स्टुडियो छैन हामीसँग । अब चाँडै नै काभ्रेमा स्टुडियो बन्ने सम्भावना छ । सबैभन्दा ठूलो कुरा चलचित्रको नीति हो । हामीसँग मैले अभिनय थाल्नु भन्दा अघिको ऐनमा चलिरहेका छौं ।’

उनले ५००/६०० करोडका विदेशी फिल्मसँग २/३ करोडका नेपाली फिल्मले प्रतिस्पर्धा गर्नु परिरहेको समेत बताए । तर, पैसाले मात्र पनि राम्रो फिल्म बन्न नसक्ने केसीको दाबी थियो ।

उक्त पत्रकार सम्मेलनमा निर्माता एवं निर्देशक नीर शाहले पूँजी र बजार ब्यवस्थापन नेपाली फिल्मको मुख्य चुनौति रहेको बताएका थिए । ‘यी दुई पक्ष सुधार नहुँदासम्म जेसुकै गरेपनि विकास हुन मुस्किल छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?