+
+

तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते ६:४९

३ माघ, काठमाडौं । देशका पहाडी भू-भागमा मौसम आंशिक बदली भएको छ भने तराईंमा हुस्सु र कुहिरो लागेको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिकमात्रामा बदली भएको मौसम पूर्वानुमान महाशाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको छ।

हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु र कुहिरोका कारण चिसो बढ्ने भएकोले सतर्क रहन महाशाखाले सचेतसमेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?