+
+

मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै, उपलब्धि सार्वजनिक गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते ८:२१

३ माघ, जनकपुरधाम । मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ ।

आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागेको हो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

आज मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने र त्यहीँ मुख्यमन्त्री सरोजकुमार यादवको एक वर्षे कार्यकालको प्रमुख कार्यविवरण सार्वजनिक गर्ने कार्यक्रम आयोजन गरेको छ ।

२७ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका यादव २९ पुसमा शपथ लिएका थिए । गत पुस २९ गते मधेश सरकारको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?