+
+

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३ लाख संस्थापक सेयर लिलामी बिक्रीमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते ८:५६

३ माघ, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा राखिएको छ । विद्यमान संस्थापक वा अन्य व्यक्ति तथा संघसंस्थाहरुले बुधबारदेखि माघ ११ गतेसम्म गोप्य बोलकबोल गरी शिलबन्दी आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

क्यापिटलको कार्यालय थापाथलीमा आवेदन दिन सकिनेछ । क्यापिटलका अनुसार न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकेर आवेदन दिन सकिने छ । शिलबन्दी आवेदन दिँदा न्यूनतम ५ हजार कित्ता सेयर खरिदका लागि माग गर्नुपर्नेछ । साबिकको सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्ज भई बनेको यो कम्पनीको साधारण सेयर मूल्य बजारमा प्रतिकित्ता ७६० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?