+
+

‘झिल्को’को शुभसाइत, शीर्ष भूमिकामा सुनिल पोखरेल र वर्षा सिवाकोटी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते २१:०३

काठमाडौं । ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको आगामी फिल्म ‘झिल्को’ निर्माणको औपचारिक घोषणा भएको छ । बिहीबार गुह्येश्वरी मन्दिरमा फिल्मको शुभसाइत गरियो ।

स्क्रिप्ट पूजापाठ गरेर कास्ट एण्ड क्रिउले फिल्मको निर्माण सुरु भएको जानकारी दिए । उक्त अवसरमा निर्देशक भट्टराईले यो फिल्मले वर्तमान नेपाली समाजको यथार्थलाई चित्रण गर्ने बताए ।

आफ्ना फिल्ममा प्रायः सामाजिक इस्युलाई उठान गर्ने भट्टराईले यसमा पनि सामाजिक मुद्दा उठाएका छन् । माघ २२ गतेदेखि काठमाडौंमा फिल्म छायांकन हुने जानकारी उनले दिए । झोला र भोरपछि यो उनको तेस्रो निर्देशकीय फिचर हुनेछ ।

फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको अभिनय हुनेछ । अभिनेत्री सिवाकोटीसँग झिल्को र काजीको ‘लाइनअप’ हुनेछ ।

सुनिलका लागि भने यो १३ वर्षपछिको कमब्याक हुनेछ । उनले पछिल्लोपटक ‘आचार्य’मा अभिनय गरेका थिए जुन सन् २०११ मा रिलिज भएको थियो । त्यसअघि उनले विष, अल्पविराम र गोधुलीमा अभिनय गरिसकेका छन् ।

निर्देशक भट्टराई निर्देशित पहिलो फिल्म ‘झोला’ सन् २०१४ को ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो । पछिल्लो झिल्कोको पटकथा तथा संवादलाई भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले लेखेका छन् । दीपक बज्राचार्यको छायांकन र चण्डीप्रसाद काफ्लेको संगीत हुनेछ ।

तस्वीर : भोला काफ्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?