+
+

वेष्टहमसँग बराबरीमा रोकिएपछि लिभरपुललाई अर्को धक्का

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते ७:३८

१६ वैशाख, काठमाडौं । वेष्टहमसँग बराबरीमा रोकिएपछि लिभरपुलको प्रिमियर लिग जित्ने लक्ष्यमा अर्को धक्का लागेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुल र वेष्टहमले २-२ को बराबरी खेलेका थिए ।

वेष्टहमको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि जारोड बोवेन र माइकल एन्टोनिओले गोल गरे ।

लिभरपुलका लागि एन्डी रोबर्टसनले एक गोल गरे भने वेष्टहमका अरेओलेले आत्मघाती गोल गरेका थिए ।

बराबरीपछि लिभरपुल ३५ खेलबाट ७५ अंकका साथ तेस्रो स्थानमै छ । लिभरपुल शीर्ष स्थानको बर्सनलभन्दा २ र दोस्रो स्थानको म्यानचेष्टर सिटीभन्दा एक अंकले पछि छ ।

तर आर्सनलले एक खेल कम खेलेको छ भने सिटीले दुई खेल कम खेलेको छ । त्यसैले लिभरपुलको उपाधि होड अब कठिन बन्दै गएको छ ।

आर्सनलले आज टोटनहमसँग खेल्दैछ भने सिटीले नटिङहम युनाइटेडसँग खेल्नेछ ।

लिगकै अन्य खेलमा म्यानचेष्टर युनाइटेड बरन्सँग १/१ को बराबरीमा रोकिएको छ भने चेल्सी र एस्टन भिल्लाले २/२ को बराबरी खेलेका छन् ।

न्युक्यासल युनाइटेडले शेफिल्ड युनाइटेडलाई ५-१ ले पराजित गरेको छ । व्ल्भ्सले लुटन टाउनलाई २-१ ले तथा एभरटनले ब्रेन्टपोर्डलाई १-० ले हराएको छ ।

हारपछि शेफिल्ड युनाइटेडल प्रिमियर लिगबाट रेलेगसनमा परेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?