+
+

लिभरपुल र म्यानचेष्टर युनाइटेडले अंक बाँडे

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते ८:५९

२६ चैत, काठमाडौं । प्रिमियर लिगमा उपाधि दाबेदार लिभरपुल र म्यानचेष्टर युनाइटेडले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

युनाइटेडको मैदानमा भएको खेलमा लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । तर युनाइटेडले लगातार दुई गोल गरेपछि लिभरपुलले अन्तिम समयमा बराबरी गोल गरेको हो ।

लुइस डियाजले २३औं मिनेटमा गोल गर्दै लिभरपुललाई पहिले अग्रता दिलाएका थिए । तर ५०औं मिनेटमा युनाइटेडका बर्नार्डो शिल्भाले बराबरी गोल फर्काए ।

६७औं मिनेटमा कोबी माइनोले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाएका थिए ।

तर ८४औं मिनेटमा लिभरपुलका मोहमद सालाहले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

बराबरीपछि लिभरपुलले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । ३१ खेलबाट आर्सनल समान ७१ अंक भए पनि लिभरपुल गोल अन्तरमा पछि रहँदै दोस्रो स्थानमै छ ।

समान खेलबाट ७० अंकसहित म्यानचेष्टर सिटी तेस्रो स्थानमा छ ।

३१ खेलबाट ४९ अंकसहित म्यानचेष्टर युनाइटेड छैटौं स्थानमा छ ।

प्रिमियर लिगकै अन्य खेलमा टोटनहमले नटिङहम फरेस्टलाई ३-१ ले पराजित गरेको छ । यस्तै चेल्सीले दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा शेफिल्ड युनाइटेडसँग २-२ को बराबरी खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?