+
+

म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते ८:०९

२७ मंसिर, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ ।

समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्न म्युनिखसँग १-० ले पराजित भएपछि युनाइटेड समूहको अन्तिम स्थानमा रहेर बाहिरिएको हो ।

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा बायर्नका लागि किंङ्सले कोमनले ७०औं मिनेटमा एक गोल गरे ।

६ मध्ये एक खेल मा जितेको युनाइटेड ४ अंकसहित पुछारमा रह्यो । यसअघि नै नकआउट चरण पुगिसकेको बायर्न ६ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।

यस्तै अर्को खेलमा गालातासारेलाई १-० ले हराएर डेनमार्कको क्लब एफसी कोपनहेगन नकआउट चरणमा पुगेको छ । जितपछि ६ खेलबाट ८ अंक जोडेर कोपनहेगन समूह उपविजेता बन्यो ।

यस्तै समूह बी अन्तर्गत भएको खेलमा आर्सनल र पीएसभी आइन्डहोभनले १-१ को बराबरी खेलेका छन् । दुवै टोली यसअघि नै नकआउट चरण पुगिसकेको छ । यस समूहको अर्को खेलमा फ्रेन्च क्लब लेन्सले स्पानिस क्लब सेभियालाई २-१ ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?